शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिचौलियाको नाइके घोषणा गरेको छ ।
बारले हस्तक्षेपको विरोधमा भोलि शुक्रवार प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत छिर्न नदिने घोषणा पनि गरेको छ ।
धर्ना बिथोलिएपछि नेपाल बार परिसरमा बोल्दै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले भोलि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिने आन्दोलनको कार्यक्रमको घोषणा गरे ।
प्रधानन्यायाधीशलाई अदालतमा प्रवेश निषेध गर्ने गरी आन्दोलनको स्वरूप परिवर्तन गरेको जानकारी दिए लगत्तै उनले नारा लगाए– बिचौलियाको नाइके । उपस्थित कानुन व्यवसायीले भने– राजीनामा दे । भ्रष्टाचारको नाइके– राजिनामा दे ! न्युज कारखाना





























प्रतिक्रिया