राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुवात गरेकी छन् ।
बिहीबार बिहान शीतल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुवात गरेकी हुन् । आजबाट राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै देशभर १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो । राष्ट्रपतिको जनगणनाका लागि शीतल निवास पुगेका गणकहरुले सोधेको प्रश्नको उत्तर राष्ट्रपति स्वयंले दिएकी थिइन् । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली राष्ट्रपति निवासमा पुगेकाे थियो ।
त्यस्तै विभागले उपराष्ट्रपति नन्दबहादुर पुनको परिवारको समेत विवरण शंकलन गरेको छ ।
बिहीबार राष्ट्रिय तथ्यांक विभागले उपराष्ट्रपतिको सरकारी निवास लैनचौरमा पुगेर उनीसहित परिवारको विवरण शंकलन गरेको हो । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोलीले राष्ट्रपति राष्ट्रपति, प्रधानमन्त्रीको विवरण शंकलन गरेको हो ।
केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेका अनुसार विभागका महानिर्देशकले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीको पारिवारिक विवरण सङ्कलन गरेका थिए। राष्ट्रिय योजना आयोगका सचिवले जनगणनाबारे जानकारी गराउँदै यसले हरेक क्षेत्रमा पर्ने प्रभावबारे प्रधानमन्त्री देउवालाई अवगत गराएका थिए।
आजबाट देशभर सुरु भएको १२ औँ जनगणनामा ८० वटा प्रश्नहरु समावेश गरिएको छ । देशभर गणकहरू जनताका घर–घरमा पुगेर जनगणना सुरु गरेका छन् । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित आजदेखि सुरु भएको जनगणना मंसिर ९ गतेसम्म चल्नेछ । देश भरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ ।





























प्रतिक्रिया