एमालेको पार्टी सदस्यता संख्या सात लाख ८९ हजार ६२० पुग्याे

एमालेको पार्टी सदस्यता संख्या सात लाख ८९ हजार ६२० पुग्याे

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)को पार्टी सदस्यता सङ्ख्या करिब आठ लाख पुगेको छ। 

दशौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

उनकाअनुसार तीमध्ये पाँच लाख ९९ हजार ६२४ जना पुरुष र एक लाख ८८ हजार ९९६ जना महिला रहेका छन्। एमालेको नवाैं महाधिवेशनमा पाँच लाख ९१ हजार सङ्गठित सदस्य रहेको थिए। पार्टीको दशौँ महाधिवेशनमा आइपुग्दा एमालेले एक लाख ९८ हजार सङ्गठित सदस्य थप गरेको छ।

एमालेको दशौँ महाधिवेशन मङ्सिर १० देखि १२ गते चितवनमा हुँदैछ। महाधिवेशनमा ०७७ चैत मसान्तसम्म सदस्यता लिएका व्यक्तिले मात्र महाधिवेशनमा प्रतिनिधि चयन हुन पाउनेछन्। 

एमाले महाधिवेशनका लागि कात्तिक २७ गते शनिबार देशभर एकैसाथ प्रतिनिधि छनोट गर्दैछ। महाधिवेशनमा एक हजार ९९९ जना प्रतिनिधि सहभागी हुनेछन्। 

Skip This
Skip This
Logo