नेपाल बारले आज प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने

नेपाल बारले आज प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने

केन्द्रबिन्दु
0
Shares

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वाेच्च अदालतको गेटमै रोक्ने रणनीति लिएको छ। बारको बिहीबारको धर्नामा प्रहरी हस्तक्षेप भएपछि विवाद उत्कर्षमा पुगेको हो। 

हस्तक्षेपसँगै बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागको आन्दोलनको स्वरूपमा परिवर्तन गरेको थियो ।

शुक्रबार बिहान १० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश जबरालाई ‍प्रवेश गर्न नदिन धर्ना दिइने बार महासचिव लीलामणि पौडेलले बताए। बारले नागरिकलाई आन्दोलनमा सहयोग गर्न आह्वान गरिसकेको छ। 

नेपाल बार प्रधानन्यायाधीश जबराकाे राजीनामा माग गर्दै चरणवद्ध आन्दाेलनमा छ। 

Logo