सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका छन् । गत कार्तिक २३ गते प्रदेश प्रमुख नियुक्त भएसँगै शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका जोशीले आज पदभार ग्रहण गरेका हुन् ।
सुदूरपश्चिममा यसअघिका गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए । सरकारले उनलाई हटाएर जोशी नियुक्त गरेको थियो ।
जोशीसहित प्रदेश १ मा परशुराम खापुङ्ग र कर्णाली प्रदेशमा तिलक परियार शुक्रवार पद तथा गोपनीयताको शपथ लिएका थिए ।































प्रतिक्रिया