किन गर्दैछन् द्वारिकलाल चौधरीले एमालेमा वार्गेनिङ?, जालान् त नेकपा एसमा?

किन गर्दैछन् द्वारिकलाल चौधरीले एमालेमा वार्गेनिङ?, जालान् त नेकपा एसमा?

केन्द्रबिन्दु
0
Shares

इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिकलाल चौधरीले नेकपा एमालेमा वार्गेनिङ गरिरहेका छन्। इटहरीका स्थानीय नेताहरूले नगरप्रमुख चौधरी एमालेमा स्पेस खोज्न र महाधिवेशन प्रतिनिधि छनोट हुनका लागि यो नाटक मञ्चन गरेको आरोप लगाए।

उनले एमालेसँगको असन्तुष्टि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईलाई आफ्नो घरमै उपस्थित गराएर औपचारिक कार्यक्रम गरेर पोखेका छन्।

अध्यक्ष नेपाल पूर्वी नेपालको कार्यक्रममा आएको अवसरलाई सदुपयोग गर्दै प्रमुख चौधरीले सो भेटघाट कार्यक्रम आयोजना गरेका हुन्।

उनले अध्यक्ष नेपाललाई घरमै डाकेपछि नगरप्रमुख चौधरी पनि नेकपा एस प्रवेश गर्ने अड्कल गरिएको छ तर, सो विषयमा उनलाई प्रश्न गर्दा आफू नगरप्रमुख भएको नाताले कुनै पार्टीका अध्यक्ष र प्रदेशका मुख्यमन्त्रीलाई इटहरीलाई कसरी विकास गर्न सकिन्छ भन्ने हेतुले भेटघाट गरेको प्रष्ट्याएका छन्।

उनले आफूले पार्टी परिवर्तन नगर्ने पनि बताए। प्रमुख चौधरी ओली निकट मानिन्छन्।

उनले असोज १५–१७ मा एमाले विधान महाधिवेशनमा काठमाडौं आउँदा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेलसहितका नेताहरूसँग पनि भेटघाट गरेका थिए।

नेकपा एमाले सुनसरी पनि पार्टीको अधिवेशनमा होमिएको छ। नयाँ नेतृत्व चयनका लागि गृहकार्य सुरु भएको छ। तर, सुनसरीमा विवाद उत्कर्षमा छ। सो क्षेत्रमा यसअघि माधव नेपाल समूहमा रहेकाले नेतृत्व गरिरहेका थिए।

पार्टी जेठ २ अघिको संरचनामा फर्किन नसक्दा विवाद चुलिएको हो। त्यही विवादलाई निरुपण गर्न पार्टीको पूर्ण बैठक डाक्दा प्रमुख चौधरीले माईक खोसेका थिए। त्यसपछि प्रमुख चौधरीले आफू अध्यक्ष बन्नुपर्ने धारणा राख्दै आएका छन्।

Logo