नेपालकाे इतिहासमै पहिलाेपटक कानुन व्यवसायीले गरे खाली इजलासमा बहस

नेपालकाे इतिहासमै पहिलाेपटक कानुन व्यवसायीले गरे खाली इजलासमा बहस

केन्द्रबिन्दु
0
Shares

कानुन व्यवसायीहरूले सर्वोच्च अदालतका खाली इजलासमा बहस गरेका छन्। स्वतन्त्र कानुन व्यवसायी अभियानमा आबद्ध कानुन व्यवसायीले शुक्रबार खाली इजलासमा बहस गरेका हुन्। 

अधिवक्ता स्वागत नेपालसहित अनिल उपाध्याय, कृष्ण प्रसाईँ, दिपेन्द्र घिमिरे, श्रीधर न्यौपाने, नानीबाबु दाहाल, पृथ्वीनाथ राई, दिपक खनाल, निर्मला दंगाललगायत १२ जना कानुन व्यवसायीले पेसी तोकेर पनि खाली रहेका सर्वोच्चका सबै इजलासहरूमा बहस गरेका हुन्। 

यसलाई विश्व इतिहासमै पहिलो पटक घटेको अनौंठो घटनाको रुपमा हेरिएको कानुन सम्वद्ध अधिकारीहरूले बताएका छन्।

उनीहरूले इजलासभित्रको सिसि क्यामरा र न्यायाधीशका खाली कुर्सीलाई सम्बोधन गर्दै बहस गरेका थिए। संसारमै न्यायलाई मार्ने कार्य न्यायमूर्तिबाटै हुनु मानव अधिकारको ठाडो उल्लंघन भएको उनीहरूको ठहर छ।

Skip This
Skip This
Logo