महाअधिवेशन प्रतिनिधि छनोटमा नेकपा एमाले महोत्तरीमा चरम विवाद

महाअधिवेशन प्रतिनिधि छनोटमा नेकपा एमाले महोत्तरीमा चरम विवाद

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले महोत्तरीको महाअधिवेशन छनोटमा चरम विवाद सिर्जना भएको छ। प्रदेश कमिटीका सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारीले समेत प्रतिनिधिका लागि दाबी गरेपछि विवाद सिर्जना भएको हो।

नेकपा एमालेले देशभरिबाट सनिबारसम्म प्रतिनिधि छनोट गरिसक्नु पर्ने निर्देशन दिए पनि महोत्तरीमा भने सर्वसम्मतिमा प्रतिनिधि छनोटमा निक्कै समस्या सिर्जना हुने स्थिति सिर्जना भएको छ। प्रतिनिधि छनोटको लागि शुक्रबार  बसेको बैठकमा समेत विवाद सिर्जना भएपछि बिना निष्कर्ष स्थगित भएको थियो।

नेकपा एमाले महोत्तरीका इन्चार्ज टेकबहादुर बलाम्पाकीका अनुसार महोत्तरीमा अहिलेसम्म १७ हजार ७ सय सदस्य छन्। सदस्य संख्याको आधारमा नेकपा एमालेको विधानअनुसार झण्डै २८ जना प्रतिनिधि छान्नुपर्ने हुन्छ।

`सबै जनाको माहाअधिवेशन प्रतिनिधिमा दाबी भएको हुनाले सहमति हुन सकेको छैन तर हामी गृहकार्य गरिरहेका छौं,' इन्चार्ज बलाम्पाकीले भने।

दलित प्रतिनिधिको लागि भने आरक्षण कोटा भएको हुँदा कुनै विवाद नभएको पनि बलाम्पाकीले जानकारी दिए। अहिलेसम्म महाअधिवेशन प्रतिनिधिको लागी कोही पनि निर्विरोध चयन नभएको नेकपा एमाले महोत्तरीले जनाएको छ।

Logo