प्रचण्ड विरामी परेपछि रोकियो कार्यक्रम, एमाले र लोसपादेखि सीके राउतसम्म सक्रिय

प्रचण्ड विरामी परेपछि रोकियो कार्यक्रम, एमाले र लोसपादेखि सीके राउतसम्म सक्रिय

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' महोत्तरी आउने कार्यक्रम आज स्थगित भएको छ। अध्यक्ष प्रचण्डको स्वास्थ्यमा समस्या देखिएपछि कार्यक्रम स्थगित गरिएको माओवादी केन्द्र महोत्तरीले जनाएको छ।

आज महोत्तरीको रामगोपालपुरमा अध्यक्ष प्रचण्डले आमसभालाई सम्बोधन गर्दै ७ वटा वडाको स्वास्थ्य भवन एकसाथ उद्घाटन गर्ने कार्यक्रम थियो।

'अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि प्रदेश कमिटीको निर्देशन बमोजिम कार्यक्रम स्थगित गरेका छौं,' माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले भने।

यता महोत्तरीको मनरासिस्वा नगरपालिकामा सीके राउत नेतृत्वकाे जनमत पार्टीको कार्यक्रम छ। नयाँ पार्टीको प्रचारप्रसार र मूल पार्टीको अधिवेशनले अहिले महोत्तरी राजनीतिमय बनेको छ।

त्यसैगरी औरही नगरपालिकामा पनि शरद सिंह भण्डारीको सहभागितामा विशाल आमसभा हुने भएको छ।

आजै नेपाली कांग्रेस महोत्तरीले जिल्लाका १३८ वटै वडामा अधिवेशनको तयारी गरेको छ। शुक्रबारदेखि नै शिक्षक संघमा आबद्ध शिक्षकहरुलाई निर्वाचन अधिकृतको रुपमा १३८ जना शिक्षकहरु परिचालन गरिसकेको छ।

नेकपा एमालेले महाधिवेशन प्रतिनिधि चयन गर्नेदेखि कांग्रेसको वडा, नगर र जिल्ला अधिवेशनको कारण महोत्तरीमा राजनीतिक दलका नेता कार्यकर्ताको चहलपहल बढेको छ।

Logo