संविधानको रक्षा र राजनीतिक स्थायित्वको पक्षमा जनसभाः उपप्रधानमन्त्री पोखरेल

संविधानको रक्षा र राजनीतिक स्थायित्वको पक्षमा जनसभाः उपप्रधानमन्त्री पोखरेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका नेता ईश्वर पोखरेलले संविधानको रक्षा र राजनीतिक स्थायित्वको पक्षमा जनसभा आयोजना गर्न लागिएको बताएका छन् ।

सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बागमती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौँमा हुने जनसभाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले जनसभा राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयत्नको विरुद्दमा आयोजना गरिएको बताए । संविधानको रक्षा, आर्थिक समृद्धि र विकासका लागि मार्ग प्रशस्त भइरहोस् भन्नका निम्ति जनसभा आयोजना गरिएको पनि उनले बताए ।

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्तिक २८ गते अध्यक्ष ओलीलाई लगाएको आरोप तथा अभियोगपत्र फिर्ता लिएर घोषित निर्वाचनमा सहभागी हुन तयार भए अहिलेको विषय टार्न सकिने बताए ।

उपप्रधानमन्त्री पोखरेलले निर्वाचन आयोगले आइतबार गरेको नेकपा कानूनी रुपमा फुट्न नमिल्ने निर्णय सकारात्मक रहेको तर्क राखे । आफुहरुले पार्टीबाट कसैलाई निस्कासन नगरेको भन्दै उनले कसैले चाहेर पनि पार्टी फुटाउन नसक्ने दावी गरे । आयोगको निर्णयले केपी ओली नेतृत्वको नेकपालाई बल पुग्ने उनको भनाइ छ ।

Logo