एमाले महाधिवेशन: जाजरकोटमा सर्वसम्मत प्रतिनिधि छनोट

एमाले महाधिवेशन: जाजरकोटमा सर्वसम्मत प्रतिनिधि छनोट

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) जाजरकोटले १०औँ राष्ट्रिय महाअधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ । 

आज छनोट भएका प्रतिनिधिमा करवीर शाही, लालबहादुर महतारा, डम्बर सिंह, कौशिलावती खत्री, सिपी घर्ती, वेदबहादुर शाही, प्रेमप्रसाद घर्ती, नवेन्द्र नेपाली र हरिकला जैसी रहेका छन् ।

दुई दिनसम्म भएको छलफलबाट आज सर्वसम्मत प्रतिनिधि छनोट भएको निर्वाचन मण्डलका संयोजक हेरम्वबहादुर शाहले बताए । करवीर शाही कर्णाली प्रदेशसभा सदस्य (जाजरकोट ख), महतारा छेडागाड नगरपालिकाका नगर प्रमुख, कौशिलावती खत्री प्रदेशसभा समानुपातिक सदस्य, सिपी घर्ती भेरी नगरपालिका मेयर हुन् । 

Logo