इन्धनको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा कात्तिक ३० गते ‘नेपाल बन्द’ आह्वान

इन्धनको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा कात्तिक ३० गते ‘नेपाल बन्द’ आह्वान

केन्द्रबिन्दु
0
Shares

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कात्तिक ३० गते ‘नेपाल बन्द’ आह्वान गरेको छ। 

पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपाले कात्तिक ३० गते मंगलबार नेपाल बन्द आह्वान गरेको हो। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारलाई जनदवाव दिन ‘नेपाल बन्द’को आह्वान गर्नु परेको बताए। 

उनले सो ‘नेपाल बन्द’ शान्तिपूर्ण हुने र त्यसले सरकारले बढाएको महंगीविरुद्ध राष्ट्रिय ऐक्यवद्धता प्रदर्शन गर्ने तर्क समेत गरे। नेता बास्तोलाले ‘नेपाल बन्द’लाई शान्तिपूर्ण बनाउन जनतालाई अपिल गर्ने र त्यसमा सहयोग गर्न सञ्चारकर्मीहरुलाई पनि आग्रह गरे। 

नेता बास्तोलाले राज्यले जनतालाई महंगी बढाएर बैधानिक लुटपाट मच्चाएको आरोप लगाए। उनले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारणबारे झुट बोलिरहेको भन्दै आक्रोशसमेत व्यक्त गरे।

Logo