प्रधानन्यायाधीश जबराको पक्षमा काठमाडौंमा युवाहरुको मोटरसाइकल र्याली

प्रधानन्यायाधीश जबराको पक्षमा काठमाडौंमा युवाहरुको मोटरसाइकल र्याली

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा काठमाडौंमा युवाहरुले मोटरसाइकल र्याली निकालेका छन्। स्वतन्त्र न्यायपालिका बन्द गर्न नहुने भन्दै युवाहरुले प्रधानन्यायाधीशको पक्षमा मोटरसाइकल र्याली निकालेका हुन्। 

उनीहरुले मोटरसाइकल र्यालीमै नारावाजी गर्दै स्वतन्त्र न्यायपालिका हाम्रो चाहना, अदालतमा इजलास वहिस्कार बन्द गर, न्यायपालिकाभित्र राजनीति गर्न पाइँदैन, न्यायाधीशको काम न्याय दिने हो, हडताल गर्ने होइन, न्यायपालिका ध्वस्त पार्न पाइँदैन लगायतका नारा लगाएका थिए। 

र्याली अनामनगरबाट सुरु भइ नयाँ बानेश्वर हुँदै माइतीघर मण्डलासम्म पुगेको थियो।

र्यालीमा उत्रिएका युवाहरुले सर्वोच्चमा इजलास सुचारु नहुञ्जेलसम्म यो अयियान जारी रहने पनि उद्घोष गरेका छन्।

Logo