प्रचण्ड बिरामी भएर महोत्तरीमा रोकिएको कार्यक्रमलाई दुष्प्रचार गरियो: नेता पोखरेल

प्रचण्ड बिरामी भएर महोत्तरीमा रोकिएको कार्यक्रमलाई दुष्प्रचार गरियो: नेता पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिरामी भएपछि स्थगित भएको कार्यक्रमलाई लिएर कतिपयले दुष्प्रचार गर्न खोजेको स्थायी समिति सदस्य  गिरिराजमणि पोखरेलले बताएका छन्।

अध्यक्ष प्रचण्ड जनकपुरमा आएर माछा भोजन गरेर फर्किएको भन्ने हल्ला हुन थालेपछि नेता पोखरेलले उनीहरूलाई लक्षित गर्दै यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्ड महोत्तरीको रामगोपालपुर आएर स्वास्थ्य चौकी उद्घाटन गर्नेदेखि आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो।

दुष्प्रचारलाई चिर्दै उच्च मनोबलसहित काममा जुट्न महोत्तरीका नेतालाई उनले आग्रह गरेका छन्। अध्यक्ष प्रचण्डको स्वास्थ्यमा समस्या आई कार्यक्रम स्थगित भएपछि तत्काल बैठक बसी अध्यक्ष प्रचण्डकै प्रमुख आतिथ्यतामा यथाशक्य कार्यक्रम गर्ने सहमति भएको उनले बताए।

Skip This
Skip This
Logo