नेकपा एमालेकाे मंसिर १० देखि १२ गतेसम्म १० औं महाधिवेशन हुँदैछ। त्यसका लागि अहिले सबै जिल्लामा महाधिवेशन प्रतिनिधि छनाेट भइरहेको छ।
त्यसैक्रममा नेकपा एमाले रामेछापबाट गीता कार्की दसौं महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्। सर्वसम्मत रुपमा कार्कीसहित रामेछापका १९ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।
अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य तथा एमाले वाग्मती प्रदेश कमिटीका सदस्यसमेत रहेकी कार्की केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएकी हुन्।




















