पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भोलि नेपाल बन्दको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बन्दको पूर्वसन्ध्यामा बनेपामा मसाल जुलुस निकालेका छन्।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लव समूहले गरेको नेपाल बन्द सफल बनाउन भन्दै नेता कार्यकर्ताहरूले मसाल जुलुस निकालेका हुन्। जुलुसले बनेपा बजार परिक्रमा गरेकाे थियाे।
यस्तै देशका विभिन्न जिल्लाहरूमा पनि यस समूहले साेमबार साँझ मसाल जुलुस निकालेका छन्।

मंगलबार हुने बन्द जनताको लागि गरेको हुँदा सबैको सहभागिता उल्लेख्य रहने सहभागीहरूले बताए।
सबै जिल्लामा बन्द सफल बनाउन आफ्ना नेता, कार्यकर्ता परिचालन भइसकेको साे पार्टीले जनाएकाे छ। बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म सबै जनालाई ऐक्यबद्धता जनाउन अपिलसमेत गरेकाे छ।
एम्बुलेन्स, दमकल जस्ता इमर्जेन्सी सवारी साधन बाहेक अन्य सबै प्रकारका यातायात, शिक्षण संस्था बन्द हुने नेकपाले जनाएकाे छ।
तस्विरः प्रल्हाद शर्मा हुमागाइँ





























प्रतिक्रिया