वैशाखीमा चलेको सरकारको अराजकता न्यायालयमा देखियो: ओली

वैशाखीमा चलेको सरकारको अराजकता न्यायालयमा देखियो: ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारभित्र भएको भागबन्डा र अराजकताको पराकाष्ठा न्यायालयमा आएर छताछुल्ल भएर देखिएको बताएका छन्।

एमाले धनकुटाले छिन्ताङ्गमा आयाेजना गरेकाे ४३औँ सहिद स्मृति दिवसमा ओलीले न्यायालयजस्तो महत्वपूर्ण र तटस्थ निकायलाई विवादमा ल्याउनुले गठबन्धन सरकार वैशाखीको सहारामा चलिरहेको प्रमाणित भएको बताए।

आफ्नो सरकारका पालामा सहिद परिवारलाई ४२ वर्षपछि प्रदेश सरकारमार्फत ५-५ लाख राहत उपलब्ध गराएको स्मरण गराउँदै ओलीले छिन्ताङ्गका सहिदलाई एमालेबाहेक कसैले वास्ता नगरेको दाबी गरे।

पार्टी फुट बोरामा कुहिएको आलु छानिएर फ्याँकिएजस्तै भएकाले यसले एमाललेलाई कुनै असर नपर्ने उनको तर्क थियो। ‘अझै पनि जनलहर एमालेमा छ, आउने चुनावमा एमालेले बहुमतको सरकार बनाउँछ,' उनले भने। 

Skip This
Skip This
Logo