प्रधानन्यायाधीशले घरबाटै तोके १० इजलासमा २७९ मुद्दाको पेसी

प्रधानन्यायाधीशले घरबाटै तोके १० इजलासमा २७९ मुद्दाको पेसी

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार घरबाट १० इजलास गठन गरेका छन्। सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण प्रधानन्यायाधीश जबराले आफ्नै सरकारी निवासबाट १० इजलास गठन गरेका हुन्। 

उनले १० इजलासमा २७९ मुद्दाको पेसी तोकेका छन्। जबराको राजीनामा मागेर बार निरन्तर आन्दोलनमा छ। जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी भएको बारको धर्नालाई छलेर प्रधानन्यायाधीश आइतबार र सोमबार कार्यालय प्रवेश गरेका थिए। 

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर बार र सहकर्मी न्यायाधीश आन्दोलनमा उत्रिएका हुन्। सोमबार प्रधानन्यायाधीश जबराले संवाद र वार्तामार्फत समाधान खोज्न गरेको आह्वानलाई बारले अस्वीकार गरेको छ। 

उसले जबरासँग वार्ता नगर्ने बताएको छ।

Logo