१८ मध्ये ६ जना न्यायाधीश इजलास फर्किए

१८ मध्ये ६ जना न्यायाधीश इजलास फर्किए

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीशको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका १८ मध्ये ६ न्यायाधीश इजलास फर्किएका छन्। 

न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुंगाना, कुमार चुडाल, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा इजलास फर्किएका हुन्। 

श्रेष्ठ र शर्माको इजलासले चारवटा मुद्दाको सुनुवाइ गरेर आदेश दिएको छ। तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले पनि मुद्दा सुनुवाइ गरेको छ। 

प्रकाश ढुंगाना र कुमार चुडालको इजलासले भने एउटा बन्दीप्रत्यक्षीकरणको मुद्दामा आदेश जारी गरेको छ। 

नेपाल बार एसोसिएसनले असन्तुष्ट न्यायाधीशसँग छलफल गरिरहेका बेला ६ जना न्यायाधीश इजलास फर्किएका हुन्। 

Logo