काभ्रेमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत् चयन, कुन तहबाट काे छानिए?

काभ्रेमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत् चयन, कुन तहबाट काे छानिए?


नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि काभ्रेबाट सर्वसम्मत् रूपमा महाधिवेशन प्रतिनिधि छनोट गरेको छ। जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ र २ बाट सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन्।

काभ्रेमा जम्मा ३४ जना महाधिवेशन प्रतिनिधि छानिएका छन्। जस अनुसार निर्वाचन क्षेत्र १ बाट खुल्लातर्फ नारायणप्रसाद पाण्डे, चन्द्रबहादुर लामा, रेशमबहादुर लामा, केशवप्रसाद बडाल, जेनिश लामा, दिलीप घिसिङ्ग, राजन भुर्तेल, दिलीप तामाङ, चूडामणि गौतम र कृष्ण खुलाल छनोट भएका छन्। सोही क्षेत्रबाट महिला महाधिवेशन प्रतिनिधितर्फ गोमा भुर्तेल, गीता बन्जरा,  कमला काफ्ले र शान्ता न्यौपाने सर्वसम्मत चयन भएका छन्। 

निर्वाचन क्षेत्र नम्बर २ बाट खुल्लामा अशोक व्यान्जु, श्यामसुन्दर श्रेष्ठ, रामशरण दाहाल, राजकुमार सापकोटा, नकुलप्रसाद पराजुली, कञ्चन अधिकारी, प्रेम लामा, बेदप्रसाद तिमल्सिना, राधाकृष्ण बस्ताकोटी, कुमार थापा, विदुर सापकोटा र रिता गौतम (ढकाल) चयन भएका हुन्। 

महिलातर्फ भने निर्मला शाही, भक्तकुमारी लामा, विमलाकुमारी चौलागाईं शर्मा, विमला सापकोटा र सुभद्रा अधिकारी सर्वसम्मत चयन भएका छन्।

Logo