प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभा बैठकमा उनले ५० मत प्राप्त गरेर संसद्को विश्वास पाएका हुन् ।
प्रदेश एकमा जम्मा ९२ जना प्रदेशसभा सदस्यहरू रहेका छन् । आजको बैठकमा भएको मतदानमा सभामुखबाहेक ७९ जनाको उपस्थिति रहेको थियो । जसमध्ये ५० मत राईको पक्षमा आएको थियो भने २९ मत विपक्षमा आएको थियो ।
यससँगै प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।































प्रतिक्रिया