नेम्वाङलाई देउवाले भने– म आइहाल्छु नि, तपाइहरूको महाधिवेशनमा नआएर हुन्छ ?

नेम्वाङलाई देउवाले भने– म आइहाल्छु नि, तपाइहरूको महाधिवेशनमा नआएर हुन्छ ?

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेको १०‍औँ महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने भएका छन् ।

देउवालाई महाधिवेशनमा अतिथिका रूपमा एमाले नेता सुवास नेम्वाङको टोली निमन्त्रणा दिन बालुवाटार पुगेको थियो । उनले निमन्त्रणा स्वीकार गर्दै आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताएका हुन् ।

‘म आइहाल्छु नि। तपाइहरूको महाधिवेशनमा नआएर हुन्छ ? म आउँछु नि’ प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै भेटघाटमा सहभागी एक नेताले भने ।

एमालेको १०औँ महाधिवेशन मंसिर १०–१२ गतेसम्म चितवनमा हुने भएको छ ।

Logo