एमाले महाधिवेशन: मतदान सकिएको चार घण्टामै नतिजा

एमाले महाधिवेशन: मतदान सकिएको चार घण्टामै नतिजा

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)को आसन्न दशौँ महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पूरा भएको छ। 

नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए। उनका अनुसार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि ११ मंसिरमा उम्मेदवारी दर्ता गरिनेछ।

आयोगले १२ मंसिरमा निर्वाचन गर्ने तयारी गरेको छ । उम्मेदवारी दर्ता गरिसकेपछि विद्युतीय मेसिनमा उम्मेदवारको नाम दर्ता गर्नका लागि करिव आठदेखि १० घण्टा लाग्ने जनाइएको छ ।

आयोगका अध्यक्ष डा. सुब्बाले विद्युतीय उपकरणमा नाम दर्ता गराएपछि अर्को दिन १२ मंसिर बिहानैदेखि मतदान हुने बताए। उनका अनुसार एक प्रतिनिधिलाई विद्युतीय उपकरणमा मतदान गर्न आधा घण्टा लाग्नेछ। विद्युतीय मेसिनमा मतदान गर्नका लागि १० देखि १२ घण्टा लाग्ने उनले बताए।

‘राम-लक्ष्मण भोटिङ मेसिन’द्वारा मतदान गरिने जनाइएको छ। '१२ मंसिर १२ बिहानैदेखि निर्वाचन गरेर साँझ मत परिणाम घोषणा गर्नेछाैँ', उनले भने, 'मतदान सकिएपछि मुचुल्का बनाउन दुई-तीन घण्टा र गन्नका लागि तीन-चार घण्टा लाग्नेछ।'

Logo