नेकपा (माओवादी केन्द्र)ले शनिबार देशभरका वडाहरूमा सम्मेलन गर्ने भएको छ। सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
पार्टीलाई नयाँ शिराबाट निर्माण गर्न वडा सम्मेलन कोसेढुंगा सावित हुने माओवादीले जनाएको छ।
समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारा तय गरेको छ।





























प्रतिक्रिया