एमाले महाधिवेशन: दुई हजार ८५ मत खस्यो, चार घण्टामा नतिजा

एमाले महाधिवेशन: दुई हजार ८५ मत खस्यो, चार घण्टामा नतिजा

केन्द्रबिन्दु
0
Shares

एमाले १० महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। 

मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ८५ जनाले मत दिएका निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए। 

उनका अनुसार एक घण्टापछि मतगणना हुने र चार घण्टामै परिणाम आउनेछ। 

दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो।  

अध्यक्ष केपी शर्मा ओली र भीम रावल समूह नेतृत्वमा प्रतिस्पर्धामा छन्। 

Logo