नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापतिमा दुर्लभ थापा पुनः निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी अष्टकुमार कवेलाई ११३ मतले पछि पार्दै थापा सभापति बनेका हुन्।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पक्षीय थापाले ५५५ मत पाउँदा कवेले ४४२ मत मात्र पाएका छन्। कवे संस्थापन इत्तर पक्ष नेता प्रकाशमान सिंह निकट हुन्।
जिल्ला कार्यसमितिमा थापा पक्षीय उम्मेदवार विजयी भएका छन्। उपसभापतिमा विजेश अवाल र उर्मीला वन निर्वाचित भए। अवालले ५५९ र वनले ५१४ मत प्राप्त गरे। सचिवमा सुशील बस्नेत ५५२ र राजेश खड्का ४८५ मतका साथ निर्वाचित भए। सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपानेले निर्वाचित भए। अधिकारीले ५७४ र न्यौपानेले ५१४ मत प्राप्त गरेका छन्।
जिल्ला सदस्यमा थापा समूहबाट रमिला कपाली, देवेन्द्र श्रेष्ठ, राजेश मानन्धर, ललिता धिताल, जीवन श्रेष्ठ, दीपेन्द्रकुमार थापा मगर, रजनी किसिजु, धर्मरत्न खाईतु र रामबहादुर कासुला विजयी भएका छन्।
त्यस्तै, कल्पना लामिछाने, प्रेम खत्री, रोशनी तामाङ, दिललक्ष्मी कायस्थ, रामेश्वर ध्वजुँ, धनबहादुर थिङ, रामप्रसाद धौवञ्जार,सिर्जना केसी, देवेन्द्र न्यौपाने, अच्युत अधिकारी, मनिता नेपाली, सशी बस्नेत र राम दिनेशलाल कर्ण निर्वाचित भएका छन्।
जिल्ला सदस्यमा कवे समूहका उमेशकुमार खड्का निर्वाचित भए।





























प्रतिक्रिया