चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ। निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्चको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लिम्बँदा नौ करोड खर्च हुन पुगेको उनले बताए।
‘दुई दिन महाधिवेशन लम्बिनु अप्रत्यासित नै भयो। यसले अलि बढी खर्च भयो। महाधिवेशन लम्बिँदा खान बस्ने एक करोड ५० लाख खर्च भयो’, महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै तामाङले भने, ‘जम्मा सात करोड ५० लाखको बजेट बनाएका थियौँ। तर, दुईदिन लम्बिँदा सात करोड ५० लाखमा थप एक करोड ५० लाख रुपैयाँ खर्च बढ्ने सम्भावना छ। सबै बिलहरू आइसकेपछि थाहा हुन्छ।’
उनका अनुसार ललितपुरमा भएको विधान महाधिवेशनमा चार करोड ७१ लाख रुपैयाँ खर्च भएको थियो।





























प्रतिक्रिया