कांग्रेस बर्दिया सभापतिमा राठौर निर्वाचित

कांग्रेस बर्दिया सभापतिमा राठौर निर्वाचित

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणप्रकाश सिंह राठौर निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी भुवनेश्वर चौधरीलाई २०२ मतान्तरले पराजित गर्दै संस्थापन पक्षका राठौर सभापतिमा निर्वाचित भएका हुन् ।

राठौरले ८८० मत र चौधरीले ६७८ मत पाए । बर्दियामा एक हजार ५७८ मत खसेको थियो । सभापतिसहित सबैमा राठौरकै प्यानल निर्वाचित भएको छ ।

उपसभापतिमा सोदे विष्ट र गोविन्द प्रसाद थारू, सचिव मिनराज चौधरी र जग्गाप्रसाद पाण्डे तथा सहसचिवमा तिलकराम लम्साल र मेकबहादुर गुरुङ निर्वाचित भएका छन् । 

राठौर संस्थापन समूहका हुन् । संस्थापन इतरका चौधरी लुम्बिनी प्रदेशका सांसद हुन् ।

Logo