एमाले महाधिवेशन: लालबाबु पण्डितसहित ५७ जनाले गरेनन् मतदान

एमाले महाधिवेशन: लालबाबु पण्डितसहित ५७ जनाले गरेनन् मतदान

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएसँगै मतगणनाको तयारी सुरु भएको छ । यसैबिच नेतृत्व चयका लागि भएको निर्वाचनमा २ हजार ९६ जनाले मत दिएका छन् । 

महाधिवेशनमा रहेका कूल २ हजार १५३ मतदातामध्ये ५७ जनाले मत दिएका छैनन् । पदाधिकारीमा दाबी गरिरहेका एमाले नेता लालबाबु पण्डितले पनि पदाधिकारीबाट बिदा माग्दै मतदान नगरेको खुलेको छ । 

नेकपा एमालेको मतदान आज बिहान ४ बजेदेखि सुरु भएको थियो ।

Logo