रावललाई फराकिलो मतान्तरले पछि पार्दै नेकपा एमाले अध्यक्षमा ओली निर्वाचित

रावललाई फराकिलो मतान्तरले पछि पार्दै नेकपा एमाले अध्यक्षमा ओली निर्वाचित

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा भीम रावललाई फराकिलो मतान्तरले पछि पार्दै केपी शर्मा ओली निर्वाचित भएका छन् । निर्वाचित भएका ओलीले १८४० सय मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी रावलले २२३ मत मात्र पाएका हुन्। ३३ मत भने नाे भाेटमा परेकाे छ ।

सौराहामा जारी महाधिवेशनमा मंगलबार बिहान ४ बजे बाट मतदान सुरु भएको थियो । उक्त निर्वाचनमा जम्मा २०९६ मत खसेको थियो । 

महाधिवेशनमा रहेका कूल २ हजार १५३ मतदातामध्ये लालबाबु पण्डितसहित ५७ जनाले मत दिएका थिएनन् ।

त्यस्तै उपाध्यक्षमा धनश्याम भुसाल पराजित भएका छन् । उपाध्यक्षमा भएकाे निर्वाचनमा अष्टलक्ष्मि शाक्यले १९७६ मत ल्याएकी छन् भने सुरेन्द्र पाण्डेले १९२५ मत ल्याएका छन्। विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाएका छन्।  भुसालले ७२५ मत पाएका छन्।

६ जनाकाे काेटामा भएकाे  निर्वाचनमा ७ जनाबीच प्रतिस्पर्धा भएकाे हाे ।

भीम रावलको घोषणा: अध्यक्षमा निर्वाचित नभए कुनै पनि कमिटीमा बस्दिन

नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका छन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतह: पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिएका हुन् । मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिए लगत्तै उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफूले केन्द्रीय कमिटीको सदस्यको लागि उम्मेदवारी नदिएको दोहोर्‍याउँदै त्यसमा शपथ लिन नसक्ने पनि स्पष्ट पारे । अध्यक्षका उम्मेदवार रावलले भने, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छैन । र अध्यक्ष पदमा विजय भए शपथ लिन्छु । अरूमा त मैले भरेकै छैन भन्ने कुरा मेरो यथावत् छ । अव प्रतिनिधिहरूले मत दिएनन् भने त कमिटी बाहिर बस्ने कुरा त सामान्य नै हो नि, मेरो लागि । त्यो त केही छैन ।’

 

 

रावलले पार्टीको आठौँ महाधिवेशनमा पनि आफूले केन्द्रीय सदस्यमा उम्मेदवार नदिएकाले शपथ नलिएको पनि स्मरण गराएका छन् । उनले महाधिवेशनको मत परिणाम २ घण्टा भित्रै आउने आफूले अपेक्षा गरेको पनि बताए । रावलले निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । 

Skip This
Skip This
Logo