एमाले सचिवमा ओलीले प्रस्ताव गरेका पाँचै नेता विजयी, कार्की र आचार्य पराजित

एमाले सचिवमा ओलीले प्रस्ताव गरेका पाँचै नेता विजयी, कार्की र आचार्य पराजित

केन्द्रबिन्दु
0
Shares

एमाले १०औँ महाधिवेशनबाट पाँच जना सचिव विजयी भएका छन्। 

चितवनमा भएको महाधिवेशनको मतगणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, गोकर्ण विष्ट विजयी भएका हुन्। 

विजयी हुने विष्टले १९७६, भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले‍‍ १७०४, रायमाझीले १७०० र  महासेठले १५१३ मत ल्याए। 

सचिवका प्रत्यासीद्वय भीम आचार्य र टंक कार्की भने पराजित भएका छन्। आचार्यले १३०० मत र कार्कीले ५०० मत ल्याए। 

Skip This
Skip This
Logo