कांग्रेस निर्वाचन समितिलाई तत्काल पूर्णता दिन विमलेन्द्र निधिको माग

कांग्रेस निर्वाचन समितिलाई तत्काल पूर्णता दिन विमलेन्द्र निधिको माग

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको निर्वाचन समितिलाई तत्काल पूर्णता दिन सभापति शेरबहादुर देउवासँग माग गरेका छन् ।

उपसभापति निधिले पार्टीको विधान अनुसार ५ सदस्यीय निर्वाचन समिति हुनुपर्नेमा हाल ४ सदस्य रहेको भन्दै त्यसलाई तत्काल पूर्णता दिन पार्टी सभापति देउवासँग माग गरेका हुन् मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनमा बसेका काँग्रेस डडेलधुराका नेता, कार्यकर्तालाई भेट्न पुगेका उनले सञ्चारकर्मीमाझ निर्वाचन समितिले गराउने विभिन्न तहको अधिवेशनलाई वैधानिकता दिन पनि पाँच सदस्यीय बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै त्यसबारे सभापति देउवालाई छिट्टै भेटेर ध्यानाकर्षण गराउने जानकारी समेत दिए । पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी समेत घोषणा गरेका उनले आफूसँग परामर्श समेत नगरी निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएको भन्दै महादेव यादवप्रति पनि असन्तुष्टि जनाए । उपसभापति निधिले भने, ‘महादेवजीले राजीनामा दिनुभन्दा पहिले म सँग सल्लाह गरी दिएको भए पनि हुन्थ्यो । उहाँले राजीनामा गर्न पनि हतार गर्नु भएको छ । उहाँको राजीनामा स्वीकृत गर्न पनि हतारमै भएजस्तो लाग्छ मलाई । म सभापतिजीलाई भेटेरै भन्छु–प्रदेश अधिवेशन, महाधिवेशनलगायतका कामहरू धेरै गर्नुछ । तत्काल निर्वाचन समितिलाई पूर्णता दिनुस् । विधानमा निर्वाचन समिति पाँच सदस्यीय छ । हाल ४ सदस्यले गरेको निर्णय मान्न सकिदैन ।’

उपसभापति निधिले महाधिवेशनलाई सफल बनाउने काममा लागि पर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

Logo