गोलाप्रथाद्वारा गठन भए ११ इजलास, नेपाल बार विरोधमै

गोलाप्रथाद्वारा गठन भए ११ इजलास, नेपाल बार विरोधमै

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक गोलाप्रथाद्वारा ११ वटा इजलास गठन भएका छन्। पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलो पटक ११ इजलास गठन भएका हुन्। 

११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ। सर्वोच्च अदालतको संशोधित नियमावलीले व्यवस्था गरेअनुसार वुधबार पहिलो पटक गोला तानेर इजलास गठन गरिएको हो। 

गोला प्रणाली लागू भए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ। 

नेपाल बारका महासचिव लिलामणि पौडेलका अनुसार साढे १२ सम्म अदालत परिसरमा शान्तिपूर्ण धर्ना दिने कार्यक्रम छ। बारले जबराको राजीनामा नआएसम्म आन्दोलन नरोक्ने बताउँदै आएको छ। 

Logo