प्रदेश नं १ काे मतगणना आज दिउँसोबाट हुने

प्रदेश नं १ काे मतगणना आज दिउँसोबाट हुने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा हिजो सम्पन्न भएको प्रदेश नं १ को निर्वाचनको  मतगणना आज दिउँसो १ बजेबाट सुरु हुने भएको छ।

बिहान ८ बजेदेखि भनिएको मतदान अपरान्ह २ः१५ देखि सुरु भई राति ८ बजेसम्म विराट नर्सिङ होम अस्पताल पूर्वतर्फको खाली चौरमा बनाइएको मतदान केन्द्रमा मतदाताले मतदान गरेका थिए ।

मतदान केन्द्रमा प्रदेशका सबै जिल्लाको छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको छ । र कुनै पनि अप्रिय घटना नभएको बताइएको छ । कूल एक हजार ७७० मतदातामा एक हजार ७५२ मत खसेको थियो  ।

प्राविधिक कारणले मतगणना सुरु हुन ढिलो भएको नेपाली कांग्रेस जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए । हिजोको मतदान निकै उत्साहपूर्वक र शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको बताइएको थियो ।

Logo