लुम्बिनी कांग्रेस सभापतिमा पौडेल निकट पुनको अग्रता

लुम्बिनी कांग्रेस सभापतिमा पौडेल निकट पुनको अग्रता

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेश कार्यसमितिको मत परिणाम आउने क्रम जारी छ। आइतबार दिउँसो ४ बजेसम्म तीन सय ६५ मत गन्दा संस्थापन इतर समूहका अमरसिंह पुनले अग्रता लिएका छन्। उनले दुई सय १६ मत पाएका छन्। 

संस्थापन पक्षका भरतकुमार शाहले एक सय ४७ मत पाएका छन्। उनी पुनभन्दा ६९ मतले पछि छन्।

उपसभापतिमा अष्टभुजा पाठक २०४, भुवन श्रेष्ठ २०८, राजु खनाल १५६, सुधाकर पाण्डे १२०, महामन्त्रीमा विक्रम खनाल २१७, सुरेन्द्रराज आचार्य २११, जन्मजय तिमिल्सिना १२७ र खिमानसिंह रायमाझी १२४, सहमहामन्त्रीमा विष्णु मुस्कान २१७, निमा गिरी १९७, खगराज पाण्डे १९१, माया पुन १४२, सरिता चौधरी १३२ र लक्ष्मीनारायण शाहले १३१ मत पाएका छन्।

Logo