कांग्रेस प्रदेश समिति: खोटाङका एक महामन्त्री र चार सदस्य निर्वाचित

कांग्रेस प्रदेश समिति: खोटाङका एक महामन्त्री र चार सदस्य निर्वाचित

केन्द्रबिन्दु
0
Shares

खोटाङबाट नेपाली कांग्रेसको प्रदेश समितिमा एक महामन्त्री र चार सदस्य निर्वाचित भएका छन्। 

प्रदेश १ महामन्त्रीमा भूपेन्द्र राई र सदस्यमा सदस्य जितेन्द्रसिंह ठकुरी, बिमला राई, लोकेन्द्र राई र शान्तिकला राई निर्वाचित भएका हुन्। 

पदाधिकारीको आइतबार राति र सदस्यको अन्तिम मत परिणाम सोमबार राति आएको हो। ठकुरी गुरुराज घिमिरे प्यानल र महामन्त्री राईसहित तीन सदस्य उद्वव थापा (प्रदेश सभापतिमा विजयी)को प्यानलबाट निर्वाचित भएका हुन । 

Logo