देउवा पक्षले १३ पदाधिकारीको नाम आजै सार्वजनिक गर्ने

देउवा पक्षले १३ पदाधिकारीको नाम आजै सार्वजनिक गर्ने

केन्द्रबिन्दु
0
Shares

आज नेपाली कांग्रेस संस्थापन पक्षले आज केन्द्रीय पदाधिकारीको उम्मेद्वारको नाम सार्वजनिक गर्ने भएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकले सभापतिसहित १३ पदाधिकारीको नाम टुंगो लगाएर सार्वजनिक गर्ने भएको हाे। 

आफ्नो समूहको बैठकमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका देउवा बुढानिलकण्ठ पुगिसकेका छन्। केही समयभित्रै बैठक सुरु हुने र पदाधिकारीको प्यानल नै सार्वजनिक गर्ने तयारीसमेत भएको कांग्रेसका एक नेताले जानकारी दिए। देउवाले पार्टीको आन्तरिक निर्वाचनमा आफ्नो पक्ष बलियो भएको भन्दै फेरि सभापतिमा उठ्ने घोषणा गरिसकेका छन्।

संस्थापन पक्षले १३ पदाधिकारीको अनौपचारिक सूचीसमेत बनाइसकेको छ। तर, त्यो सूची पदाधिकारीमा पार्न लबिङका लागि हुनसक्ने अनुमान गरिएको छ। बालुवाटारको एउटा पक्षले त्यस्तो सूची अहिले सर्वेक्षणका लागि व्यापक रूपमा प्रचार गरिरहेको छ। जुन यस्तो छ –

सभापति : शेरबहादुर देउवा 
उपसभापति : पूर्णबहादुर खड्का 
उपसभापति : डा‍.प्रकाशशरण महत 
महामन्त्री : बालकृष्ण खाण 
महामन्त्री : विश्वप्रकाश शर्मा 
सहमहामन्त्री : गोविन्द भट्टराई 
सहमहामन्त्री : भिष्मराज आङ्देम्वे
सहमहामन्त्री : मीन विश्वकर्मा 
सहमहामन्त्री : महालक्ष्मी उपाध्याय 
सहमहामन्त्री : फरमुल्लाह मन्सुर 
सहमहामन्त्री : रामजनम चौधरी 
सहमहामन्त्री : जीतेन्द्र देव 
सहमहामन्त्री : जीवनबहादुर शाही

Logo