नेकपा क्रान्तिकारी माओवादीसहित विभिन्न ६ कम्युनिष्ट पार्टीहरू एमसीसीविरुद्ध रणनीति बनाउन छलफलमा छुटिरहेका छन्।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न ६ दलहरू एमसीसीविरुद्ध रणनीति बनाउन बैठकमा बसेका छन्। काठमाडौंमा अहिले बैठक बसिरहेको छ।
सरकारले २८ मंसिरबाट सुरु हुन लागेको संसद बैठकमा एमसीसी अनुमोदनका लागि पेस गर्न लागिएका भनिएका बेला उनीहरूको बैठक बसिरहेको हो।




















