पाैडेलपक्ष साझा उम्मेद्वार तय गर्न असफल, चाक्सीबारीमा फाइनल छलफल हुने

पाैडेलपक्ष साझा उम्मेद्वार तय गर्न असफल, चाक्सीबारीमा फाइनल छलफल हुने

केन्द्रबिन्दु
0
Shares

अनुपम फुडल्यान्डमा बसेको कांग्रेस संस्थापन इतर समूहको छलफल सभापतिको साझा उम्मेद्वार तय गर्न असफल भएको छ।

बुधबार बिहानदेखि दिउँसो १ बजेसम्म भएको छलफलमा पौडेल समूहका जिल्ला सभापति र केन्द्रीय सदस्यहरूले एउटै उम्मेद्वार तय गर्न र नेताहरूलाई मिलेर जान सुझाव दिएका थिए। 

छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला उपस्थित थिए। पछि पौडेल बाहिरिएका थिए। छलफलमा प्रकाशमान सिंह र शेखर कोइराला भने सहभागी थिएनन्। तर, सो भेलाले सभापतिको उम्मेदवार टुंगो लगाउन सकेन।

अब चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा दिउँसो पौडेल, सिंह, शशांक र शेखरबीच छलफल हुने भएको छ। सो छलफललाई फाइनल भनिएको छ। यदि प्रकाशमान र शेखर नमिलेमा पौडेलले सभापतिमा उम्मेद्वारी घोषणा गर्ने बताइएको छ।

Skip This
Skip This
Logo