नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत भइरहेको सभापतिको दोस्रो चरणको मतदानमा २५ सय बढी मत खसेको छ। मतदान सुरु भएको तीन घण्टामा २५ सय बढी मत खसेको निर्वाचन समितिले जनाएको छ।
चार हजार ७४३ जना मतदाता रहेको महाधिवेशनमा पहिलो चरणमा भने चार हजार ६८१ जनाले मतदान गरेका थिए ।
राष्ट्रिय सभागृहमा जारी मतदानका लागि ६ वटा बुथ राखिएको छ। सभापतिका लागि पहिलो चरणमा बढी मत पाएका शेरबहादुर देउवा र शेखर कोइराला मैदानमा छन्।
पहिलो चरणमा देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा भएको भए पनि कुनै उम्मेद्वारले ५० प्रतिशत भन्दा धेरै मत पाउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो।





























प्रतिक्रिया