नेपाली कांग्रेसको सभापति दोस्रोपटक निर्वाचित शेरबहादुर देउवाले २५ सय मत कटाएका छन् ।
४१७८ मत गणना गर्दा देउवाले २५०१ मत प्राप्त गरेका हुन्। देउवालाई जितका लागि २२८२ मत आवश्यक थियाे ।
कुल खसेको ४५६२ मतमा अझै ३८४ मत गन्न बाँकी छ । यति मत गन्न बाँकी हुँदै देउवाले जितभन्दा २१९ मत बढी पाइसकेका छन्।
राष्ट्रिय सभागृहमा जारी मतगणनामा देउवाले पराजित गरेका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १६४७ मत प्राप्त गरेका छन् । ३० मत बदर भएको छ।































प्रतिक्रिया