सभापति देउवाद्वारा शेर्पाको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा शेर्पाको निधनप्रति दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘हिम चितुवा’ को उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको सोमबार भएको निधनप्रति दुःख व्यक्त गरेका छन्।

उनले एक शोक वक्तव्यमार्फत १० पटकसम्म विनाअक्सिजन सगरमाथा आरोहण गरेका स्व शेर्पाको कीर्तिमान पर्वतारोहणका क्षेत्रमा सदैव स्मरणीय रहिरहने उल्लेख गरेका छन् ।

पछिल्लो पुस्ताका युवा एवं युवा पर्वतारोहीका लागि शेर्पा सदैव साहस र प्रेरणाको प्रतिमूर्ति रहेको उल्लेख गर्दै सभापति देउवाले उनीप्रति श्रद्धाञ्जली अर्पणका सााथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

Skip This
Skip This
Logo