सशक्त र बलियो कांग्रेस निर्माणका लागि सक्रिय रहन्छु: एनपी साउद

सशक्त र बलियो कांग्रेस निर्माणका लागि सक्रिय रहन्छु: एनपी साउद

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एनपी साउदले सशक्त र बलियो कांग्रेस निर्माणका लागि सक्रिय रहने बताएका छन्।

१४औं महाधिवेशनमा खुलातर्फ सर्वाधिक दोस्रो लोकप्रिय मत पाएर केन्द्रीय सदस्य निर्वाचित साउदले जिल्ला तथा क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलगायत आफ्ना शुभेच्छुकलाई धन्यवाद दिँदै सशक्त र बलियो कांग्रेस निर्माणका लागि साथसाथै अघि बढ्ने उल्लेख गरेका छन्।

'१४औं महाधिवेशनका क्रममा म प्रति अपार माया देखाउनु भएकोमा कृतज्ञ छु। यहाँहरुको माया, सद्भाव र विश्वासको सदैब सम्मान गर्ने प्रण दोहोर्याउन चाहन्छु,' साउदले भनेका छन्, 'सशक्त र बलियो कांग्रेस निर्माणका लागि तपाईं हामी सदैब साथै रहने छौं।'

Skip This
Skip This
Logo