नेपाली कांग्रेस थारु महिलातर्फको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ।
पार्टीको १४औं महाधिवेशनको मंसिर २७ गते भएको मतदानको मंगलबार साँझ सार्वजनिक मतपरिणामअनुसार थारु महिलातर्फ कल्पना चौधरी २५२४ मत तथा जीवन राना २३४९ मतका साथ विजयी भएका छन् ।
यस्तै पराजित हुने टिका कुमारी चौधरीले ८९२, नमिता कुमारी चौधरीले १६६१ र नवोदिता चौधरीले १५९० मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।





























प्रतिक्रिया