आज पनि प्रतिनिधिसभाको बैठक बस्दै, चार अध्यादेश पेस गरिने सम्भावित कार्यसूची

आज पनि प्रतिनिधिसभाको बैठक बस्दै, चार अध्यादेश पेस गरिने सम्भावित कार्यसूची

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। जसमा चारवटा अध्यादेश पेस गरिने उल्लेख छ। साथै उक्त अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ। 

एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १०औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो। 

तेस्रो बैठक बुधबार दिउँसो १ बजे बस्दैछ। सो बैठकमा चारवटा अध्यादेश पेस गरिन लागेको र सोही अध्यादेश अस्वीकृत गरियोस् भन्ने सांसद प्रेम सुवालको प्रस्ताव पनि प्रस्तुत गरिने मंगलबार सार्वजनिक सम्भावित कार्यसूचीमा उल्लेख छ। 

संघीय संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबारको बैठकको सम्भावित कार्यसूची 

१. राष्ट्रपतिको कार्यालयको पत्र सम्माननीय सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने।

२.  प्रेम सुवालले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने।  

३. गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।  

४. प्रेम सवालले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नुहुने। 

५. गृहमन्त्री बालकृष्ण खाणले ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।  

६.  प्रेम सुवालले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने ।  

७.   गृह मन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।  

८. प्रेम सुवालले ‘रेल्वे अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने ।  

९. भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने । 

Logo