बागमतीमा जम्बो मन्त्रिपरिषद्ः तीन मन्त्री र तीन राज्यमन्त्रीद्वारा सपथ

बागमतीमा जम्बो मन्त्रिपरिषद्ः तीन मन्त्री र तीन राज्यमन्त्रीद्वारा सपथ

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

चौंथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुक्रबार तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । 

शुक्रबार साँझ नवनियुक्त उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले सपथ लिएका हुन् । उनीहरूलाई प्रदेश प्रमुख यादव शर्माले पद तथा गोपनियताको सपथ गराएका थिए ।

आज थपिएका तीन मन्त्री र तीन राज्यमन्त्री गठबन्धनको दल नेपाली कांग्रेसबाट थपिएका हुन् । यससँगै बागमतीको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ। 

फाइल फाेटाे

Logo