माओवादी स्थायी समिति बैठक: पदाधिकारीको संख्या १५ बनाउन प्रचण्डको प्रस्ताव

माओवादी स्थायी समिति बैठक: पदाधिकारीको संख्या १५ बनाउन प्रचण्डको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ। 

शुक्रबार बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरेका हुन्। 

अहिले विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित पाँच जना मात्रै पदाधिकारी रहने व्यवस्था छ। तर अध्यक्ष प्रचण्डले पदाधिकारी १५ बनाउने प्रस्ताव बैठकमा गरेका छन् ।

माओवादीका एक स्थायी समिति सदस्यले पद बढाउने प्रस्ताव गरिएको भएपनि अध्यक्ष बाहेक कुन कुन पदमा कति जना भन्नेबारे भने टुंगो नलागेको बताए। उनका अनुसार यसबारे शनिबार बस्ने बैठकमा थप छलफल हुनेछ। 

माओवादीले पुस ११ गतेबाट काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ।

Logo