स्वास्थ्यमन्त्री खतिवडाको प्रेस सल्लाहकारमा शन्तराम बिडारी नियुक्त

स्वास्थ्यमन्त्री खतिवडाको प्रेस सल्लाहकारमा शन्तराम बिडारी नियुक्त

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा पत्रकार शन्तराम बिडारी नियुक्त भएका छन्। मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै बिडारीलाई प्रेस सल्लाहकारको कामकाजको जिम्मेवारी दिएका हुन्।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागबाट स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरेका बिडारी विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन्। 

त्यस्तै पत्रकारिता तथा आमसञ्चार विषय विगत पाँच वर्षदेख अध्यापनसमेत गर्दै आइरहेका छन्। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा समाजवादी प्रेस सङ्गठनका संस्थापक उपाध्यक्ष बिडारी दामन पोष्ट साप्ताहिक तथा दामन पोष्ट डटकमका सम्पादक हुन्। 

Skip This
Skip This
Logo