माओवादी केन्द्रको पदाधिकारी संख्या १५ जना, उपाध्यक्षको संख्या सात पुर्‍याइयाे

माओवादी केन्द्रको पदाधिकारी संख्या १५ जना, उपाध्यक्षको संख्या सात पुर्‍याइयाे

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति दुई सय ९९ हुने भएका छन्। जसमा १५ जना पदाधिकारी रहनेछन्।

माओवादी केन्द्रको महाधिवेशन सुरु हुनुअघि आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको संख्या निर्धारण गरेको हो।

बैठकले पारित गरेको विधानअनुसार माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहनेछन्। यसअघि माओवादी केन्द्रमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव रहने व्यवस्था थियो। माओवादीले एमालेकै विधानअनुसार पार्टीको विधान संशोधन गरेको छ।

केन्द्रीय समितिको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने स्थायी कमिटी बैठकको प्रस्तावलाई अनुमोदन गरेको छ। माओवादीको महाधिवेशन आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ।

Skip This
Skip This
Logo