माओवादी केन्द्रकाे पदाधिकारी संख्या १५ जना बनाउने प्रस्ताव (भिडियाे)

माओवादी केन्द्रकाे पदाधिकारी संख्या १५ जना बनाउने प्रस्ताव (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकले १५ जनाको पदाधिकारी संख्या बनाउने प्रस्ताव गरेको छ ।

आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले आइतवरदेखि सुरु हुन लागेको आठौँ राष्ट्रिय सम्मेलनमा पार्टीको पदाधिकारी संख्या १५ जना बनाउने प्रस्ताव गरेको हो । जसमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने प्रस्ताव गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले केन्द्रीय कमिटीको फर्मेशन क्लष्टर अनुसार नै गर्ने निर्णय गरिएको पनि बताए ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका छन् । प्रस्ताव पेस भए पनि सबै केन्द्रीय सदस्यलाई वितरण नगरिएका कारण त्यसउपर छलफल भने महाधिवेशनमै गरिने प्रवक्ता महराले बताए । केन्द्रीय कमिटी संख्या २९९ जनाभन्दा बढी हुने उल्लेख गर्दै उहाँले केन्द्रीय कमिटीको तर्फबाट प्यानल प्रस्तुत हुने बताए । सहमति हुन नसकेमा निर्वाचनमा जाने उनको भनाई छ । उनले भने – ‘केन्द्रीय कमिटी संख्या २९९ मा बढी हुन्छ ।केन्द्रीय कमिटीका तर्फबाट एउटा प्यानल प्रस्ताव होला । त्यसमा असहमत भएका साथीहरूले राख्न सक्नुहुन्छ । सहमति भयो भने निर्वाचनमा जान्न । सहमति भएन भने जान्छ ।’

माओवादी केन्द्रले सबै राजनीतिक दललाई महाधिवेशनमा निमन्त्रणा गरेको जनाएको छ । कोभिड १९ को कारण देखाउँदै विदेशी पाहुना भने कसैलाई बोलाइएको छैन । आइतवरदेखि सुरु हुने महाधिवेशन ३ दिनसम्म चल्ने तय गरिएको भए पनि ५ दिनसम्म जान सक्ने प्रवक्ता महराले बताए। माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आइतबार दिउँसो ३ बजे काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा उद्घाटन हुँदैछ ।

माओवादी केन्द्रकाे पदाधिकारी संख्या १५ जना बनाउने प्ररस्ताव पेस

Posted by Kendrabindu – केन्द्रबिन्दु on Saturday, 25 December 2021

Logo